कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने पशुपति शर्माको गीत (भिडियो)

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायक पशुपति शर्माको स्वर सुन्न सकिन्छ ।

गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मिक्सिङ छ । गीतको भिडियो र अडियोलाई गुड लक नेपालले बजारमा ल्याएको हो ।

भिडियोमा पशुपति शर्माले नै अभिनय गरेका छन् । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

 
 
  
 

You may also like