बुटवलको मेला बन्द, आयोजक द्वारा क्षतिपूर्तिको माग

बुटवल । बुटवलमा सञ्चालीत प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव मेलामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक लगाएपछि आयोजकले क्षतिपूर्तिको माग गरेको छ ।

कोरोनाको त्रासका कारणले प्रदेश सरकारले मेला महोत्सव तथा भिडभाड हुने काम नगर्न निर्देशन दिएपनि मुख्यमन्त्री संग गरेको छलफलले महोत्सव गर्न सहमति दिएपनि आफै रोक लगाएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा फागुन २१ गतेबाट शुरु भएको मेला सोमबारबाट रोकेको हो ।

मेलामा गरिएको लगानीको सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मेला सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरिएको थियो ।

स्वीकृति लिएको मेला समापन गर्नको लागि समय नपाएको गुनासो गर्दै पूर्व स्वीकृतिलाई सरकारले अपमान गरेको समिति प्रदेश ५ अध्यक्ष शान्ती शर्माले बताईन् ।

उनले नियमपूर्वक सहकार्य गरेको अवस्थामा पनि प्रशासन र सरकारले ठप्प पारेकोले भएको खर्च सरकारले उपलब्ध गराउनुपर्ने दोहो¥याईन ।

उनले मेला सञ्चालनको लागि ८२ लाख क्षति भईसकेकोले सो को भरपाई सरकारले गर्नुपर्ने माग गरीन् ।

उनले भनिन–‘सबै संरचना बनिसकेको अवस्थामा हामीलाई धेरै लामो समयसम्म नगर्नु भन्ने मौखिक सम्झौता भएको थियो । उद्योग मन्त्री प्रमुख अतिथि राखेका थियोँ, प्रशासन , नगरपालिका र वडा कार्यालयबाट स्वीकृति पनि लिएका थियौँ । हामीले २६ गते समापन गर्छौँ भन्दापनि पाएनौँ । ’

यसअघि रकम आउने सम्झैता भएकोबाट पनि पैसा माग्न नपाएको उनको गुनासो छ ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही अध्यक्ष कन्ह्यैयालल कसौधन, प्रदेश महासचिव पार्वती अधिकारी लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like