४ दिनमा ‘बागी ३’ को कमाइ कति ?

मुम्बई।टाइगर श्राफको फिल्म ‘बागी ३’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । यद्यपि फिल्मले बक्स अफिसमा भने उत्साहजनक व्यापार गरेको छ ।

श्रद्धा कपूर, रितेश देशमुख लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको कमाइ आइतवार भने केही कम देखियो ।

भारतीय मिडियाका अनुसार यो फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । यस्तै दोस्रो दिन फिल्मको कमाइ १६ करोड ३ लाख र तेस्रो दिन २० करोड ३० लाख थियो ।

फिल्मले चौथो दिन ८ करोड ५० लाख कमाउँदै चार दिनमा ६२ करोड कमाइ गरेको छ । यो फिल्मले एक सय करोड कमाइ गर्ने फिल्म जानकारहरुले अनुमान गरेका छन् ।

फिल्ममा दुई भाइको कथा छ । फिल्ममा टाइगर र रितेश दुई भाइको भूमिकामा छन् । फिल्ममा टाइगरले देखाएको एक्सनलाई भने दर्शकले रुचाएका छन् ।

 
 
  
 

You may also like