तिलोत्तमा नगरपालिका वडा नंं. ११ बन्यो शुन्य पोलिथिन क्षेत्र

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ११ लाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको छ । कालीका सामुदायीक बन भित्र बृहत कार्यक्रमको आयोजना गरि वडा न ११ लाई नगरपालीकाको ११ औ वडाको रुपमा शुन्य पोलिथिन क्षेत्र घोषणा वडा घोषणा गरिएको हो । योसँगै नगरपालिकाका १७ वटा वडा मध्ये ११ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् ।

कायक्रममा बोल्दै नगर प्रमुख बासुदेव घिमिरेले वडा लाइ बधाई दिदै शुन्य पोलिथिन सगै अब ११ न वडा पुर्ण सरसफाइ युक्तm वडा घोषणा भएको बताउनु भयो । उहाले जल, जंगल र जमिन जोगाउने काम अब वडाबासीको जिम्बेवारी भएको भन्दै प्लास्टीक सगै फोहोरजन्य बस्तु ब्यबस्थापनमा नगरबासीले नगरलाई सहयोग गर्ने दाबि गर्नु भयो ।

नगर प्रमुख घिमिरेले अभियान चलाइरहदा यसको कार्यान्वयन चुनौती पुर्ण भएपनी सर्बसाधारणको सहयोग बाट सफलता प्राप्त हुने दाबि गर्नु भयो । उहाले नगरको काम देखेर केही गलत मानसीकता बाट प्ररित तत्वहरु रातीमा सक्रीय रहेको भन्दै गलत कार्यगर्ने लाइ कुनै पनी हालतमा माफी दिन नसकिने दाबि गर्नु भयो ।उहाले अब प्लास्टीक तथा फोहोर जन्य बस्तु फाल्नेलाई कानुन अनुसार कारबाही गरिने बताउदै त्यसको सुरुवात गरि सकिएको बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरीले तिलोत्तमा नगरका सर्बसाधरणहरु प्लास्टीक सगै फोहोरजन्य बस्तु ब्यबस्थित गर्ने बिषयमा सजेत रहेको बताउदै सुन्दर नगर बनाउने अभियान सफल हुने दाबि गर्नु भयो ।

करहिया–मक्रहर खानेपानी संस्थाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नं. १ का संयोजक यज्ञ गैरे, नेपाली कांग्रेसका नेता तेजबहादुर कुँवरलगायतले हरेक व्यक्तिले आफूले गरेको फोहोर आफैं व्यवस्थान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शुन्य पोलिथिन क्षेत्र अभियानका अभियान्ता एवम सिम नेपालका अध्यक्ष्न निपेश ढाका ले वडा अध्यक्ष मुक्ती नारायण चौधरी लाइ शुन्य पोलिथिन क्षेत्र घोषणको प्रमाण पत्र प्रदान गर्नु भएको थियो । बडा सदस्य यज्ञश्वर क्षेत्रीका सन्चालनमा भएको कार्यक्रममा वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लव, आमा समूहका अध्यक्ष जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like