सवारी चालकलाई नियुक्ति पत्र र पोसाक वितरण

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल। भिजन लुम्वीनि यातायात कम्पनि प्रालिले भिजन लुम्वीनिमा कार्यरहत सबारी चालक र सह चालकलाइ नियुक्ति पत्र संगसंगै पोसाक बितरण गरेको छ ।

एक कार्यक्रमका बिच भएको उक्त कार्यक्रममा भिजन लुम्वीनिका प्रा लिका अध्यक्ष जगत पोखे्रलको जन्म उत्सबको अबसर पारी आयोजित कार्यक्रममा चालक र सह चालकलाई उतm पोसाक सगै नियुक्ति  पत्र बितरण गरिएको छ । नियुक्ति पत्रमा चालक र सह चालकले मासिक रुपमा पाउने तबल भत्ता सहितको नियुक्ति पत्र प्रदान गरिएको हो ।

नियुक्ति पत्र हस्तान्तरण गदै अध्यक्ष जगत पोखे्रलले चाल तथा सह चालकहरुलाइ संस्थाको क्षमता अनुसारको सेबा प्रदान गरेको बताए । प्रत्येक वर्ष उत्कृष्ठ काम गर्ने चालक तथा सह चालकहरलाइ सम्मान गर्ने बताए । संस्थाको नियम अनुसार संस्थाले प्रदान गरेको पोसाक लगाउन चालक तथा सह चालकहरुलाइ आग्रह गरे ।

बाटोमा सबारी साधन गुडाउदा मर्यादित र व्याबस्थीत तरिकाले साधन चलाउन अग्रह गरे संस्थाको नियम र ट्राफिक नियम अनुसार सबारी साधनहरु गुडाउन आग्रह गदै । सेवा ग्राहि प्रती उच्च सम्मान गदै सम्वन्धीत ठाउमा पुयाउन चालकहरुलाइ निर्देशन दिएका थिए ।
कार्यक्रममा बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधी उद्योगि व्याबसायीहरुको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like