रक्त क्यान्सरबाट पीडित बालकलाई आर्थिक सहयोग

झविन्द्र देवकोटा
बुटवल । रक्त क्यान्सरबाट पीडित बनेका तीन वर्षीय बालकलाई रुपन्देहीको देवदह भलुहीमा आर्थिक सहयोग गरिएको छ ।

पुर्वी नवलपरासी (नवलपुर) अरुणखोलाकी स्थानीय कमला थापाका नाती सोहील थापालाई लायन्स क्लव अफ बुटवल मणि उजेशले आर्थिक सहयोग गरेको हो । क्लवका अध्यक्ष नेहा अग्रवालले सोहील थापाकी हजुरआमा कमलालाई नगद २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । देवदह भलुहीमा रहेको देवदह मेडिकल कलेजमा कार्यक्रम गरेर क्वलले उक्त आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा क्लवका सचिव प्रविना घिमिरे, कोषाध्यक्ष डाक्टर शान्ता शर्मा, सन्जीवना आचार्य लगायतले साहयोग हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । देवदह मेडिकल कलेजमा सहयोगिका रुपमा कार्यरत हजुरआमा कमलाले आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएकाले सहयोगको आग्रह गरिएको बताउनुभयो ।

सोहीलको विगत एक वर्षदेखि काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार चलि रहेको छ ।

 
 
  
 

You may also like