घुस सहित पक्राउ परे वडाध्यक्ष

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा अलग-अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गरेको अवस्थामा बुधवार दिउँसो १ बजे यादव पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

 
 
  
 

You may also like