पञ्चवर्षीय शैक्षिक योजना सार्वजनिक

by समतल अनलाइन

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पञ्चवर्षीय शैक्षिक योजना सोमबार सार्वजनिक गरेको छ । योजना सार्वजनिक गर्दै मेयर शिवराज सुवेदीले नगरलाई शैक्षिक समृद्धिको बाटोमा लगेर मुलुकमै नमूना नगरको रुपमा विकास गर्ने दाबी गरे ।

नगरको पाँच वर्षे शैक्षिक योजना अन्तरगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको योजना निर्माण कार्यदलका संयोजक छवि नेपालले जानकारी गराए ।

शिक्षालाई सूचना प्रविधी मैत्री र हिंसा मुक्त मनाउनका लागि बालबालिकाहरुलाई भयरहित वातावरणमा शिक्षा प्रदान गर्ने योजनालाई अगाडी बढाइएको उनले जानकारी गराए ।

यसैगरी पञ्चवर्षिय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा थप व्यवस्थित गरी अगाडी बढाउने, विद्याय नक्सा तयार गरी अनावश्यक विद्यालयहरुलाई सेक्टर वेसमा समायोजन गर्दै लैजाने तथा विद्यालय ग्यापको आधारमा आवश्यक ठाउँमा विद्यालय स्थापना गर्ने उल्लेख गरिएको छ ।

योजनाका बारेमा संक्षिप्त जानकारी गराउँदै कार्यदलका संयोजक नेपालले अब अनुमति पाउने विद्यालयहरुमा कक्षा ११ र १२ को अध्यापन दिवा समयमा मात्रै सञ्चालन हुने उनले बताए ।

 
 
  
 

You may also like