कानुुन तर्जुुमा सम्बन्धी छलफल सम्पन्न

by समतल अनलाइन

बटवल। प्रदेश ५ को आन्तरीक मामीला तथा कानुुन मन्त्रालयमा प्रदेश ५ र प्रदेश १ बिच कानुुन निर्माण र कार्यानवयन सम्बन्धी बिषयमा छलफल सम्पन्न भएको छ । सोमबार प्रदेश ५ को कानुुन मन्त्रालयमा भएको छलफलमा आन्तरीक मामीला तथा कानुुन मन्त्रालय प्रदेश ५ का अधीकृत सुुमन पौडेलले प्रसासनीक बिषयमा जानकारी गराउनुुभएको थियो भने उपसचीब हरीसिङ्ग धामीले कानुुनी बिषय र समग्र मन्त्रालयका बारेमा जानकारी गराउनुुभएको थियो ।

प्रदेश १ का तर्फबाट आन्तरीक मामीला तथा कानुुन मन्त्रालयका सचीब हरीप्रशाद मैनाली, उपसचीब कमल बहादुुर थापा र उपसचीब ऋषी पौडेल सहीत १५ जनाको टोलीले भ्रमण गरेको थियो । यसरी सो टोलीले प्रदेश ५ र प्रदेश १ का बिचमा बिबीध बिषयमा छलफल गरेको हो ।

दुुई प्रदेश बिच आपसी सम्बन्ध सहकार्य र कानुुन निर्माणमा भएका बाधा समस्या र बिबिध बिषयमा छलफल भएको हो । प्रदेश १ का आन्तरीक मामीला मन्त्रालयका सचीब सहीतको टोलीले गण्डकी प्रदेशमा पनी सोही किसीमको छलफल गरेको थियो । आगामी दिनमा सबै प्रदेशहरु मिलेर सम्बृद्धीको बाटोमा एक आपसमा सहकार्य गर्नका लागी काषे ढंगा साबीत हुुने प्रदेश ५ का उपसचीब हरीसीङ्ग धामीले बताउनुुभयो ।

 
 
  
 

You may also like