सैनामैना । सैनामैना नगरपालिकाको बाषर््िाक कार्यक्रम अन्तरगत आज नगर भित्र रहेका मौरी पालक किसानहरुलाई मौरी सहितको घार बितरण गरिएको छ ।
सैनामैना भित्रका ७ जना मौरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा २२ घार मौरी बितरण गरिएको सैनामैनाका कृषि बिकास शाखाकी अधिकृत सृजना सुबेदीले बताउनु भयो । किसानको जिवनस्तरमा परिर्वत गर्ने उद्धेश्यले नगरपालिकाले मौरी अनुदानमा बितरण गरिएकोले मौरीको राम्रोसंग पालन गरी आर्थिक लाभ लिन समेत सुबेदीले अनुरोध गर्नु भयो ।
सैनामैनाबाट अनुदानमा मौरी पाएकोमा खुशी ब्यतm गर्दै सैनामैना ३ निवासी कबिता गुरुङ्गले मौरी पालन सम्बन्धी तालिमको पनि आवश्यक रहेको बताउनु भयो ।
सैनामैना १ का गिरीराज भट्टराई, सैनामैना ५ का भुपराज बस्याल, सैनामैना ३ कबिता गुरुङ्गले, सैनामैना १ का योग नारायण कडेल, सैनामैना ७ का चन्द्रलाल चालिसे, सैनामैना ५ तारा बन्जाडे लगायतलाई मौरीको घार बितरण गरिएको हो ।