सैनामैनाका शिक्षासम्बद्धका लागी क्षमता बिकास कार्यशाला

by समतल अनलाइन

टिका खरेल
सैनामैना। सैनामैना नगरपालिकाको आयोजना र यूयसआइडीको प्राबिधिक र आर्थिक सहयोगमाशिक्षा सम्बन्धी कार्याशालागोष्ठीे आइताबार देखी सुरु भएको छ ।
रास्ट्रीय प्रारम्भिक कक्षा पढाई कार्यक्रममा जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध सरोकार वाला हरुलाई तिनदिने क्षमताअभिबृदि पढाई कार्यक्रम अन्र्तरगतको कार्याशाला संचालन गरिएको हो ।

कार्याशालामा सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले राज्यले बालबालिकाको शिक्षामाबिशेष ध्यानदिईरहेको बताउनु भयो । उहाले बालबालिकालाई परिबार,बिधालय र राज्यले गर्नु पर्ने कर्तब्य पुरा गरेमा एक असलनागरिक बन्ने बताउनु भयो । हाल सामुदायिक र निजि बिधालयको प्रतिस्पर्दा रहेको अवस्थामा यसले सकारत्मक नतिजा दिने बताउनु भयो । यस कार्याशालाले भोलीको उज्जयालो भबिष्यको लागी ठोस योजनाबनाउन सक्ने बिश्वास रहेको बताउनु भयो ।
कार्यक्रममा रास्ट्रीय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका रुपन्देहीका जिल्ला संयोजक कल्पना थापाले कार्याशालाले बालबालिकाको सिकाई,पढाई र भाषिक रुपमा सहजहुने बताउनु भयो ।

कार्यक्रममा रास्ट्रीय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका बाग्लुङ जिल्ला संयोजक बिमल गैरेले यसले स्थानिय तहमा रहेका बिधालयहरुको बिषयमा छलफल गर्ने बताउनु भयो ।
कार्यक्रममा सैनामैनाका उपप्रमुख बिना राना, प्रमुख प्रशासकीयअधिकृत टेकराजपन्थी, वार्ड नं ११ का वडा अध्यक्ष सुनिल मरासिनी, सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल, माधव खनाल लगायतले बोल्नु भएको थियो ।
३ दिन सम्म संचालन हुने गोष्ठीमा सैनामैनाका जनप्रतिनिधि, बिधालय ब्यवस्थापन समितिका अध्यक्ष,बिधालयका प्रधानाध्यापक,शिक्षक,बाल कक्षाका शिक्षिका लगायतको सहभागिता रहेको छ ।

 
 
  
 

You may also like