बुटवलमा प्रधानमन्त्रि ओलीको पुत्ला दहन

by समतल अनलाइन

बुटवल। बुटवलमा नेविसंघले आइतबार प्रधानमन्त्रिको पुत्ला दहन गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भात्री संगठन नेवि संघले

प्रिन्टिङ्ग प्रेस खरिद प्रकरणमा प्रधानमनत्री केपी शर्मा ओलीले पनि नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गर्दै आइतबार बेलुका बुटवलको मिलन चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।

नेपाल विद्यार्थी संघ बुटवल बहुमुखि क्याम्पस,लुम्बिनी बाणिज्य क्याम्पस र लुम्बिनी इन्जिनियरिङ्ग कलेज भलवारी इकाई समितिको संयुक्त आयोजनामा पुत्ला दहन गरिएको नेविसंघ लुम्बिनी इन्जिनियरिङ्ग कलेज इकाई सभापति शमसेर खड्काले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like