प्रदेश एक्पो नाफामुखि नभई जानकारी मुलक : सचिव खरेल

by समतल अनलाइन

बुटवल । प्रदेश ५ सरकारको आयोजनामा हुन लागेको प्रदेश एक्पो नाफामुखि नभई जानकारी मुलक रहेको प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले बताएका छन् ।

उनले प्रदेशले सम्पादन गरेका कार्यहरु, प्रदेश भित्रका नवीनतम प्रविधि र कार्यहरुको जानकारी दिने, योग, ध्यान र निशुल्क स्वास्थ्य शिविर एतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा आद्य सामाग्री लगायतको पदर्शनी रहने जानकारी दिए ।

रिपोटर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रदेश भित्र रहेका १२ वटै जिल्लाबाट जिल्लाको पहिचान झल्किने उत्पादन तथा हाल सम्म गरिएका कार्यक्रमको प्रर्दशनी रहने बताए ।

विभिन्न शैक्षिक क्षेत्रबाट आविषकार गरेका नविन प्रविधीहरुको प्रर्दशन, मौलिक प्रदेश भित्रका मौलिक ज्ञान, शिप, लोककला, खाना, तथा परिकारको प्रतुस्ती र प्रर्दशन रहनेछ ।

कार्यक्रममा रिपोटर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्री, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी लगायतले बोलेका थिए । प्रदेश एक्स्पो यहि फागुन १०, ११ र १२ दाङको बेलझुडीमा हुँदैछ ।

 

 
 
  
 

You may also like