पूर्व प्रेमीको परिवारको पर्दाफास गर्ने नेहा कक्कडले दिईन् चेतावनी

by समतल अनलाइन

काठमाडौँ । सुमधुर स्वरकी धनी भारतकी चर्चित गायिका नेहा कक्कडले पूर्वप्रेमी हिमांश कोहलीको परिवारको पर्दाफास गर्ने चेतावनी दिएकी छिन् ।

हिमांश सँगको ब्रेकअप पछी नेहा आफ्नो सम्बन्ध टुटेकोमा थुप्रै कार्यक्रममा रोइरहेको देखिएकी थिइन् । उनी यसरी रोएको देखेर धेरैले उनीहरुको सम्बन्ध टुट्नुको कारण हिमांश नै भएको र उनलाई हिमांशले धोका दिएको अनुमान गरेको थियो

आफ्नो ब्रेकअप भएको १४ महिना सम्म चुप बसेका हिमांशले हालसालै आफ्नो प्रतिक्रिया दिएपछी नेहाले सामाजिक संजाल मार्फत यस्तो चेतावनी दिएकी हुन् । उनले सामाजिक संजालमा कतै पनी हिमांशको नाम नलिएपछी यो चेतावनी हिमांशलाई नै दिएको भनेर सजिलै बुझ्न सकिन्छ ।

उनले सामाजिक संजाल इन्स्टाग्राममा लेखेकी छिन्, ‘जसले मेरा बारे नराम्रो भनिरहेका छन्, उनीहरु झुटा हुन् र मेरो सफलता देखेर डाहा गरिरहेका छन् । उनीहरुलाई मेरो नाम लिएर मिडियामा आउनु छ । पहिला पनि यस्तै गरिएको थियो । मेरो पछाडि पनि यस्तै गरियो । यदि चर्चित हुन मन छ भने आफ्नो कामबाट बन मेरो नामबाट होइन ।’

उनी थपछिन् ‘यदि मैले मेरो मुख खोल्न सुरु गरेँ भने म तिम्रो आमा, बुवा र बहिनीको कर्तुत पनि सार्वजनिक गरिदिनेछु । उनीहरुले ममाथि कस्तो व्यवहार गरेका थिए, मलाई के–के भनेका थिए । मेरो नाम प्रयोग गरेर आफूलाई बिचरा बनाउने कोसिस नगर । मबाट टाढै बस र मेरो नामबाट पनि ।’

 
 
  
 

You may also like