सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । बुधबार सुन तोलाको ७७ हजार १ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।

आज छापावाल सुन प्रतितोला ७७ हजार १ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन ७६ हजार ७ सय तथा तेजावी सुन ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 
 
  
 

You may also like