‘अमेरिकन आइडल’ मा छानिए २१ वर्षिय नेपाली ठिटो दिवस

by समतल अनलाइन

काठमाडौँ । ‘अमेरिकन आइडल’ को पहिलो एपिसोडमा नै २१ वर्षिय नेपाली ठिटो दिवस पोखरेल छानिएका छन् । आइतबार ‘एवीसी’बाट प्रशारण भएको यस चर्चित रियालिटी शोमा आर्थर गनको रुपमा परिचित दिवसले निर्णायकलाई अंग्रेजी गीत गाएर सुनाएका थिए ।

दिवसको गीत सुनेर निर्णायकहरुले उनको गायकीको खुलेर प्रशंसा समेत गरेका थिए । निर्णायकहले उनलाई ‘यू आर गोइङ्ग टु हलिउड ।’ भन्दै ‘अमेरिकन आइडल’को लागि छनोट गरेका थिए ।

गितार सहित अडिसनमा पुगेका उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’बाट आफ्नो अडिसन सुरु गरेका थिए । उनले निर्णायकहरुलाई ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

अडिसन दिन स्टेजमा पुगेका दिवसले निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गरेका थिए। जवाफमा निर्णायकमा रहेकी गायिका केटी पेरीले दुई हात जोडेर उनको नमस्ते फर्काएकी थिईन् ।

अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई उनले ‘ग्रेट डिल’ बताएका दिवसले अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’

अडिसन अघि उनीबारे दिइएको परिचयमा भिडियोमा उनले नेपालमा हुर्कनु पाउनुलाई निकै प्रिय बताएका छन् । उक्त भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाउँदै नेपालको तारिफ गरेका छन् ।

काठमाडौंमा जन्मेका दिवस नेपालमा प्लस टु पास गरेपछि उच्च शिक्षाको लागि भन्दै ६ वर्ष अघि मात्र अमेरिका हानिएका थिए ।

 
 
  
 

You may also like