हजार रुपैयाँको लगानी १० वर्षमा करोडपति

by समतल अनलाइन

काठमाडौं । एक दशकअघि हजार रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौं रुपैयाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौंको मालिक बनेका छन् ।

पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गरेका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ ।

व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उनको व्यावसायिक लगानी १८ करोड बराबरको भएको तिमिल्सिनाले बताए । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपियाँको लगानी छ । तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उनको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ ।

उनकी श्रीमती जानकी तिमिल्सिनाले भनिन्, ‘पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँघरमा फल्ने अर्गानिक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like