रवी पक्राउ परेसंगै ‘सीधाकुरा जनतासँग’ अवरुद्ध

by समतल अनलाइन

काठमाडौं – काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

छानविनलाई सहयोग गर्ने लामिछानेको प्रतिवद्धता प्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हुँदा पौने नौ बजेको सो कार्यक्रम अवरुद्ध भएको छ । सोही घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अस्मिता कार्कीलाई यसअघि काठमाडौंबाट पक्राउ गरेको थियो । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

 
 
  
 

You may also like