अन्नपूर्ण वोडिङ्ग स्कुल बुटवलमा खेलसप्ताह सुरु

by समतल अनलाइन

बुटवल । अन्नपूर्ण वोडिङ्ग स्कुल बुटवलले आफनो ११ औ बार्षिक उत्सवको अवसर पारेर सप्ताहव्यापी रुपमा विभिन्न खेलकुद प्रतियोगीताको आयोजना गरेको छ ।

बुटवल उपमहानगरपालिका वाड नम्बर ३ स्थिीत उक्त स्कुलले यही माघ २२ गते देखि माघ २९ गते सम्म विभिन्न खेदकुद प्रतियोगिता गदै आएको छ । जस अन्तर्गत क्रिकेट प्रतियोगिता, भलिबल, सटपुट, हाईजम्प, लङ्गजम्प, तातो आलु , रिले रेस, चम्चा दौड, सोलो साइकल लगायतका खेलहरु हुने र माघ २९ गते अन्तर विद्यालय स्तरीय प्रथम अन्नपूर्ण तेकान्दो च्याम्पनसीप प्रतियोगिता प्रतियोगिता हुने उक्त विद्यालयका प्रचार्य मित्रमणि आचार्यले जानाकारी दिनु भएको छ ।

सो प्रतियोगिताको लागी बाह्र वटा संस्थागत विद्यालयको सहभागिता रहने छ । बार्षिक उत्सवको मूल समारोहको दिन फागुन १ गते प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विभिन्न पदक तथा मेडलबाट सम्मान गर्ने र गत वर्षका कक्षागत उतिर्ण विद्यार्थीहरुलाई पनि सोही अवसरमा पुस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like