मेलामा जारी फूटवलमा नेपथ्य, र राममणि फाईनलमा भिडने

by समतल अनलाइन

मणिग्राम ।रुपन्देहीको मणिग्राममा भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको फूटवल प्रतियोगिताको फ,ाईनलमा नेपथ्य कलेज र राममणि बहुमुखी क्याम्पस भिडने भएका छन ।

सोमवार भएको सेमिफाईनल खेलमा राममणि क्याम्पस र, पामिर स्कूल बीच भएको खेलमा निर्धारित समयमा दुई दुईको वरावरी भएपछि ट्राइबेकरमा निर्णय गरिएको हो । ट्राइबेकरमा राममणिले ३ गोल र पामिरले २ गोल गरेका थिए ।

दोस्रो सेमिफाईनल खेलमा नेपथ्यले वेस्टन मेघा कलेजलाई हराउदै फाईनलको यात्रा शुनिश्चित गरेको हो । निर्धारित समयमा समान तीन गोल गरि वरावरीमा पुगेपछि खेलको निर्णय टृाईबे्रकरवाट गरिएको थियो ।

टृाईबे्रकरमा नेपथ्यले २ गोल गर्यो भने वेस्टनले गोल गर्न सकेको थिएन । जित संगै मंगलवार नेपथ्य र राममणिका बीच फाईनल भिडन्त हुने खेल संयोजक अमनमान श्रेष्ठले बताउनु भयो । प्रतियोगितामा विजयी टिमले ३० हजार तथा उपविजेता टिमले १५ हजार रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउने छन । त्यसैगरि आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा नगरपालिका बीच भएको मैत्रीपुर्ण फुटवल खेलमा आयोजक विजयी भएका छन । आयोजकले नगरपालिकालाई ३ शुन्य गोलले पछाडी पारी विजयी भएका हुन ।

 
 
  
 

You may also like