क्यान ईन्फोटेकमा बिभिन्न प्रतियोगिता सम्पन्न,दोश्रो दिन २५ हजार दर्शक

by समतल अनलाइन

बुटवल।कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटवलमा जारी प्रभु पे क्यान ईन्फोटेक २०२० को दोश्रो दिन बिभिन्न प्रतियोगिता भएका छन् ।

आज वेबपेज डिजाइनिङ प्रतियोगिता र बाल निर्त्य प्रतियोगिता भएका छन् भने बिद्युतिय खेल प्रतियोगिताको पहिलो चरणको सेलेक्सन राउण्ड पनि सकिएको छ ।

१५ समूह सहभागी वेबपेज डिजाइनिङमा बुटवलको होराइजन जिबिएस प्रथम , कालिका मानबज्ञान दोस्रो र शान्ति नमुना बिद्यालय तेस्रो भएका छन् । वेवपेजको ब्यबस्थापन आइसिटि क्लवहरुले गरेको क्यान रुपन्देहीका अध्यक्ष रामुदेब गौतमले बताए । बिद्युतिय खेल प्रतियोगितामा २४ समूह सहभागि रहेका थिए । सेलेक्सन राउन्डबाट ९ समूह छनोट भएका छन् ।

उनीहरुको २० गते फाइनल हुनेछ ।प्रथम लाई १५ हजार र द्वितीयलाई १० हजार प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने छ । त्यस्तै बाल नृत्य प्रतियोगितामा १२ बर्ष मुनिका ११ प्रतियोगी सहभागि भएका छन् । प्रतियोगितामा क्यानन माबीकी तनु कुवर प्रथम,दिप बोर्डिङ स्कुलकी लिजा थापा द्वितीय र तृतीय २ जना भएका छन् । जसमा होराइजनकी टुइन्कल श्रेष्ठ र एभरेस्ट बोर्डिङकी स्मारिका घिमिरे रहेका छन् । सान्त्वना साइनिङ स्टारका ओसिन बस्याल र डन चिल्ड्रेनकी अनुस्का पौडेल भएका छन् ।

प्रथम लाइ ८ हजार नगद तथा प्रमाणपत्र ,मायाको चिनो र प्रभु पे को तर्फबाट गिफ्ट ह्याम्पर र द्वितीय ५हजार प्रमाणपत्र ,मायाको चिनो र प्रभु पे को तर्फबाट गिफ्ट ह्याम्पर र तृतीयलाई तीन र तीन हजार प्रमाणपत्र ,मायाको चिनो र प्रभु पे को तर्फबाट गिफ्ट ह्याम्पर त्यस्तै सान्त्वनालाई प्रमाणपत्र ,मायाको चिनो र प्रभु पे को तर्फबाट गिफ्ट ह्याम्पर दिइने सस्कृतिक कार्यक्रम संयोजक राज केसीले बताए ।

प्रतियोगितामा उत्कृष्ट बनेकालाइ मेला समापनको दिन पुरस्कार दिइने अतिरिक्त क्रियाकलापका संयोजक सुदिप ढकालले बताए ।
माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्क स्थित बुटवल बहुमुखी क्याम्पस प्रांगणमा सञ्चालन भईरहेको मेलामा दोश्रो दिन २५ हजार दर्शकले मेला अवलोकन गरेको महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्रा््िष्ट्रय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय दश स्टलहरु रहेका छन् ।

मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

मेलाको विशेष आकर्षणको रुपमा कम्प्युटर, मोबाइल तथा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजीको प्रदर्सनी , मोबाइल वालेट,कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी,वक्तृत्वकला प्रतियोगिता,हार्डवेयर र सफ्टवेयरमा नयँ आविस्कारको प्रतियोगिता, खुल्ला हाकाथुन प्रतियोगिता ,वेबपेज डिजाइन प्रतियोगिता ,वक्तृत्वकला, प्रतियोगिता ,टिकटक प्रतियोगिता ,बालनृत्य प्रतियोगिता , डिजिटल गेमिङ जोन , सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ ।

सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,जेष्ठ र अपांगता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गरेका छन् ।

 
 
  
 

You may also like