सबैखाले हिंसाका विरुद्ध हातेमालो गरौं : उपप्रमुख आचार्य

by समतल अनलाइन

बुटवलका सय जना एकल महिलालाई सम्मान
बुटवल । बुटवल उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक गुमादेवी आचार्यले हिंसामुक्त समाज निर्माणका लागि साझा अभियानको खाँचो रहेको बताएकी छन् ।

नारीशकति आमा समूह बुटवल-६, को आयोजनामा वडाका एकल महिलालाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सबैखाले हिंसाकाविरुद्ध एकताबद्ध अभियान चलाउनुपर्नेमा जोड दिइन् । महिलामा राजनीतिक अधिकारपछि अब आर्थिक र सामाजिक अधिकार स्थापित गराउने अभियानमा बुटवल केन्द्रित रहेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नंं.६ का अध्यक्ष जगदीशचन्द्र आचार्यले महिलाका लागि आयआर्जनमूलक तालिम र व्यवहारिक प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिएको बताए ।

आमा समूहका अध्यक्ष माया पाठकको अध्यक्षतामा भएको कार्यक्रममा त्यस वडाका एक सय जना एकल महिलाहरूलाई सम्मान गरिएको समूहका संस्थापक सल्लाहकार बिन्दा आचार्यले जानकारी दिइन् ।

उक्त अवसरमा सल्लाहकार माया भट्टराई, हिरामाया थपा, राधा श्रेष्ठ, सचिव सिर्जना अर्याल, सुविधा सैंजु तथा एकल महिलाका तर्फबाट लक्ष्मी डुम्रेलगायतले बोल्दै महिला सशक्तीकरणका कार्यक्रम प्रभावकारी गराउनुपर्नेमा जोड दिएका थिए ।

 
 
  
 

You may also like