सवारी दुर्घटनामा एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए । दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like