विज्ञान र प्रविधिमा रुचि देखाउन आवश्यक छ : मन्त्री बराल, क्यान ईन्फोटेक २०२० आजदेखी शुरु

by समतल अनलाइन

बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिज्ञान र प्राविधिक क्षेत्रमा रुचि देखाउनु आवश्यक रहेको बताएका छन् ।

उनले व्यापार मेलामा धेरै मानीसहरु भएपनि यसमा प्रविधिमा आकर्षित ब्यक्तिहरु कम हुने गरेको बताए । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटलवमा सञ्चालित प्रभु पे क्यान ईन्फोटेक २०२० को शुभारम्भ गर्दै मन्त्री बरालले सबैजसो ब्यक्तिहरु विज्ञान र प्रविधिको विषयमा जानकार हुनु पर्ने बताए ।

मन्त्री बरालले सरकारी संयत्रलाई पनि प्रबिधिमैत्रि बनाउनु पर्ने बताउँदै हरेक योजना र नीति बन्दा प्रविधिलाई उच्चतम प्रयोग गर्ने वातावरण बनाउने बताए । उनले बिज्ञान र प्रविधिको युगमा अझैपनि परम्परागत शिक्षाले केही नहुने तर्क गरे ।‘बिश्वमा ब्राह्माण्डमा अर्को ग्रह खोजि हुँदा पनि हामी परम्परागत बिधि बाट बाहिर उठ्न सकेनौँ ’उनले भने -‘हाम्रो चाहाना भनेको सबै जनाताले प्रविधिको बारेमा जानकारी राखी उच्चतम प्रयोग गरुन् भन्ने हो । ’ बिज्ञान र प्रविधिलाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउँदै उनले निजि क्षेत्रले गरेको यो प्रयासलाई सधै सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले पनि प्रादेशिक एक्स्पो गर्न लागेको बताउँदै अब हरेक तहले प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने बताए ।

प्रविधिको सहि ढंगबाट उपयोग गरेमा हरेक समस्या तथा चुनौतिहरु सामना गर्न सकिने बताउँदै सानो तहबाटै प्रविधिको ज्ञान दिनु आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सबैभन्दा पहिला मेला–महोत्वसको शुभारम्भ क्यानले गरेको भएपनि अन्य मेलाको तुलनामा क्यान मेलामा अझैपनि सोचेअनुसारको फड्को मार्न नसकिएको बताए ।

उनले सरकारले शुरु गर्दै गरेको प्राविधिक देशको लागि अहिलेबाट नै सबै तहहरु तयार रहनुपर्ने बताए । उनले हरेक क्षेत्रमा काम गरेपनि प्राविधिक कुराबाट भाग्न नसक्ने भएकोले अनिवार्य कुरा रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिका प्रमुख शिवराज सुवेदीले सुचना प्रविधिको शिक्षामा जोड दिन आग्रह गरे । उनले १२ –१५ जनाको समुहमा आएमा बुटवल उपमहानगरपालिकाले निशुल्क तालिम प्रदान गर्ने बताउँदै उनले प्राविधिक क्षेत्रलाई आफुले पनि सदैव साथ दिएको तर्क गरे । उनले बुटवलमा अब एक घरबाट १ जनालाई अनिवार्य आईटि एजुकेशन प्रदान गर्नुपर्ने आवश्यक देखिएको बताए ।

क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले क्यानले हरेक वर्षजस्तै यो मेलामा पनि बिभिन्न प्राविधिक कुराहरु देख्न पाईने बताए । उनले मेलाले अवलोकनकर्तालाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविस्कार र उपकरणको अवलोकन र खरिद गर्न पाउने तथा सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क र नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा र्पुयाउने बताए ।

कार्यक्रममा ईक्यान प्रदेश ५ अध्यक्ष रोशन कंडेल,रुपन्देही व्यापार संघका अध्यक्ष बाबुराम बोहरा, कार्यक्रमका मुख्य प्रायोजक प्रभु पे का प्रतिनीधि बिजय अधिकारी, नेपालि कांग्रेस बुटवल उपमहानगर उपसभापति बिलमराज भट्टराई, क्यान बरिष्ठ उपाध्यक्ष माधव अर्याल, क्यान सचिव जीवन अधिकारी लगायतले बोलेका थिए ।

माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्क स्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालन भईरहेको मेलामा बिभिन्न क्रियाकलापहरु हुने महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरु रहेका छन् ।

मेलाको विशेष आकर्षणको रुपमा कम्प्युटर, मोबाइल तथा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजीको प्रदर्सनी , मोबाइल वालेट,कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली बैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी,वक्तृत्वकला प्रतियोगिता,हार्डवेयर र सफ्टवेयरमा नयाँ आविस्कारको प्रतियोगिता, खुल्ला हाकाथुन प्रतियोगिता ,वेबपेज डिजाइन प्रतियोगिता ,वक्तृत्वकला, प्रतियोगिता ,टिकटक प्रतियोगिता ,बालर्नित्य प्रतियोगिता , डिजिटल गेमिङ्ग जोन , सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ ।

सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,जेष्ठ र अपाङ्गता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गरेका छन् । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

 
 
  
 

You may also like