एन.आइ.सि एसिया बैङ्कद्वारा बिरामी परेकी विष्णु सिंजालीलाई बिमा रकम भुक्तानी

by समतल अनलाइन

इज्जत कंडेल
बुटवल। एन.आइ.सि एसिया बैंकद्धारा बिरामी विष्णु सिंजालीलाई बिमा रकम भुत्तानि गरेको छ । एन.आइ.सि एसिया बैंक लिमिटेड मणिग्राम शाखाले बिमा रकम भुत्तानी गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा बैंकले आफ्नो न्यु सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत औषधी उपचार बिमा दाबी भुत्तानी गरेको छ । बैकको मणिग्राम ४ नम्वर शाखाले खाताका खाताबाहक बिष्णु सिंजालीलाई बिरामी हुदा लागेको औषधी उपचार खर्चबापत रकम ९ हजार ४ सय १८ रुपैया भुत्तानि गरेको बैकका शाखा प्रमुख डिल्ली राज ढकालले जानकारी दिए । मणिग्राम ४ नम्बर निबासी विष्णु सिंजाली बिरामी भई बिगत देखिनै बुटबल अस्पतालमा भर्ना भएकि थिइन ।

उनको उपचारमा लागेको रकम बैकले दिएको छ । ‘बैंक पनि साथि पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैकिङ् सेवा प्रदान गदेै आएको एन.आइ.सि एसिया बैंकले निक्षेप योजनामा ग्राहकहरुलाइ थप फाइदा दिदै न्यु सुपर चमत्कारिक बचत खाता योजना ल्याएको हो ।

 
 
  
 

You may also like