होराइजन गौतमबुद्ध स्कुलमा खाना महोत्सव पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम

by समतल अनलाइन

बुटवल । होराइजन गौतम बुद्ध मा.वि. ड्राइभरटोलमा खाना महोत्सव, नतिजा प्रकाशन तथा साँस्कृतिक कार्यक्रम रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा दोस्रो त्रैमासिक परीक्षाको पुरस्कार वितरण गरिएको हो भने खाना महोत्सवमा बिभिन्न १२ वटा स्टलहरु राखेर विद्यार्थीहरुले नेपाली खानाका परिकारहरु तयार पारेका थिए ।


विद्यालयका प्राचार्य श्री गोपाल प्रसाद आचार्यको अध्यक्षता र न्यु होराइजन कलेज तथा न्यु होराइजन इ.बो. स्कुल पाल्पाका अध्यक्ष निर्मल लाकौलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षितिज इन्टरनेशनल कलेज तथा बुटवल मोडल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, न्यु होराइजन इ.बो. मा.वि. बुटवल उपप्राचार्य बासुदेव अर्यालको समेत आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लाकौलले होराइजन गौतम बुद्ध स्कुल, न्यु होराइजन संस्थाको गौरवशाली इतिहास बोकेर यस क्षेत्रका अभिभावक विद्यार्थीहरूको बीचमा छोटो समयमा लोकप्रियताको शिखरमा पुगेको बताउनुभयो । अध्यक्षको तर्फबाट मन्तव्य राख्दै विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यले होराइजन गौतम बुद्ध स्कुलले नयाँ रूपमा परिवर्तन गरेको छोटो समयमै शैक्षिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल दर्जामा पार्न सफलभएको र खाना महोत्सवले विद्यार्थीहरूको किताबी ज्ञानलाई व्यवहारमा जोड्न सहयोग गर्ने बताउनुभयो ।

विद्यालयका सहप्राचार्य ज्ञानेश्वर ज्ञवालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा होराइजन गौतम बुद्ध मा.वि. व्यवस्थापन समितिका सदस्य डा. नाराण प्रसाद पन्थ तथा विद्यालयका शैक्षिक निर्देशक जीवनाथ भण्डारीले समेत सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रम इञ्चार्ज कृष्ण पौडेलले गर्नुभएको थियो ।

 
 
  
 

You may also like