बुधबार राती गुल्मीको एक मोबाईल पसलबाट मोबाईल र नगदचोरी

by समतल अनलाइन

मनोज कार्की
गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर भानुपोखरामा रहेको देबिस्थान मोबाइल पसल तोडफोड गरि मोबाइल र नगद चोरी भएको छ ।

बुधबार साझ पसल बन्द गरि घरमा गएको समय पारी अज्ञात समुहले राती पसलको ढोका तोडफोड गरि नगद, मोबाइल सेट, ब्लुतुत, हेडसेट , लगाएतका इलेक्ट्रोनिक सामानहरु चोरी गरेको देबिस्थान मोबाइल पसलका ब्याबस्थापक जयलाल पन्थीले जानाकारी दिएका छ्न ।

बिहिवार बिहान पसल खोल्न आउँदा पसलको ताला सरियाले हानेर तोडेको देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको स्थानीय नवीन कार्किले बताए । गएराती पसलमा भएको चोरि घटनाको मर्भुङ्ग सिमलटारी प्रहरीले घटनाको मुजुल्का तयार पारी अनुसन्धान भइरहेको जनाएको छ ।भानुपोखरा बजारमै रहेको देबिस्थान मोबाईल पसलमा यस्तो चोरीको घटना हुदा स्थानीय बासिमा त्रास फैलिएको छ ।

पौष ९ गते घमिरकै वडा कार्यलय तोडफोड गरिएको थियो । त्यति मात्र होइन केही समय अघि घमिर स्वास्थ्य चौकिको बार भत्काएको थियो तर घमिरमा चोरी र तोडफोडका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन तर अहिले सम्म कुनै घटनाको दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

 
 
  
 

You may also like