सिद्धार्थ क्याम्पसमा नेवि संघद्धारा स्नातक तह प्रथम बर्षमा कक्षा समिती गठन

by समतल अनलाइन

बटवल ।नेपाल विधार्थी संघ गौतम बुद्ध क्याम्पस ईकाइ समितिले स्नातक तह प्रथम बर्षमा कक्षा समिति गठन अभियान सुरु गरेको छ। आगामि फागुन १४ गते त्रिवि ले तोकेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन केन्द्रित गरि अभियान सुरु गरेको हो। ईकाइ सभापती महेश शर्माको सभापतित्वमा सचिव दिपक घिमिरेको संचालनमा सुरु भएको अभियानमा अर्जुन खत्री दिपक अर्याल सरोज खनाल सम्झना क्षेत्री सृजना गिरी सन्जु चापागाई अनिता पाण्डे लक्ष्मण पाण्डे नारायण पोख्रेल लगाएतको उपस्थिति थियो।

समिति गठन अन्तर्गत स्नातक तह ब्यवस्थापनमा सेक्सन ब् मा सभापतीमा जिवनराज अर्याल उपसभापतीमा काजल रोकाय मदन पाण्डे सुष्मा अधिकारी सचिवमा सुष्मा दगोरिया सह सचिवमा डिलाराम अर्याल सुष्मिता पौडेल बास्ना घिमिरे र कोषाध्यक्षमा ज्ञानमाया अर्याल सहितको २१ सदस्यिय समिति गठन गरिएको छ।

र शिक्षा संकाय तर्फ स्नातक प्रथम बर्षमा अग्रेजी ९ग्रुप्र०मा अस्मिता भारतीको सभापतीत्वमा समिति गठन गरिएको छ जसको उपसभापतीमा निशा शर्मा विमला खत्री दिपेन्द्र सेन सचिवमा सुरुचि पाण्डे सह सचिवमा यमुन के सी दिपा अर्याल संगिता के सी र कोषाध्यक्षमा विनिता अर्याल सहितको २५ सदस्य रहेको समिति गठन गरिएको छ। साथै अन्य कार्यक्रमलाई पनि आगामि दिनमा निरन्तरता दिने सभापती महेश शर्माले बताउनुभयो।

 

 
 
  
 

You may also like