राष्ट्रिय सभाका प्रमुख सचेतक भट्टाराईद्धारा विद्यार्थीहरुलाई स्विटर वितरण

by समतल अनलाइन

टिका खरेेेल
सैनामैना।राष्ट्रिय सभाका प्रमुख सचेतक नेकपाका खिमलाल भट्टाराईले कंचन २ मटेरियामा रहेको गौतमवुद्ध आधारभुत विद्यालयका विद्याथीहरुलाई जाडोमा लगाउने स्विटर वितरण गर्नु भएको छ ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई तीन सय ओटा स्विटर वितरण गर्नु भएको हो । गरिव तथा विपन्न परिवारलाई जाडो मौसममा रहत होस भन्ने उद्देश्यले विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईले बताउनु भयो । राज्यले अब छिट्टै देशभर प्राविधिक तथा व्यवहारिक शिक्षा लागु गर्न लागिएको समेत उहाँले बताउनु भयो ।
समुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कयम गरि पढ्ने र पढाउने बताबरण बनाउन नितिनियम, दक्षा जनशक्ति, विभिन्न स्रोत सधान तथा प्रभवकारी अनुगमनको ब्यवस्था गर्ने गरि सरकारले योजना बनाइरहेको समेत उहाँले बताउनु भयो ।

कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, कञ्चन गाँउपालिकाकी उपाध्यक्ष गोमा तरामु विद्यालयका प्रधानध्यपक केदार प्रसाद पौडेल, लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दिप कुमार गुप्ता लगायतले गरिव तथा विपन्न परिवार भएका बालबालिकाहरुलाई समय-समयमा विद्यार्थीहरुलाई स्विटर वितरण गर्नु भएकोमा मा. खिमलाल भट्टाराईलाई धन्यबाद दिनु भयो ।

 
 
  
 

You may also like