सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकै पटक सचिव पद रिक्त

by समतल अनलाइन

काठमाडौं । सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्वपूर्ण निकायमा एकै पटक सचिव पद रिक्त हुने भएको छ ।

अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकै पटक सेवा निवृत्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो ।

अर्थ मन्त्रालयका सचिव खनाल, गृह मन्त्रालयका सचिव राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त हुन लागेका हुन् ।

उनीहरूको अवकाश सँगसँगै हालका चार जना वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए । राजधानी दैनिकबाट

 
 
  
 

You may also like