सामाजिक सदभाव र एकता नै समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक पर्वहरूले नैं समाजलाई एकताबद्ध गराई आर्थिक समृद्धिको दिशामा अगाडि बढन सहयोग पुग्ने बताएका छन ।

माघी पर्वको अवसरमा मंगलबार मुख्यमन्त्री निवासमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सामाजिक सदभाव र एकताले समाजलाई समृद्धिको दिशामा लैजाने बताए ।

उनले भने, ‘हाम्रो प्रदेश विभिन्न जातजाति भाषाभाषी भएको प्रदेश छ । यहाँका सबै जातजातिले मनाउने पर्वहरू उत्तिकै महत्वपूर्ण छैन । सिंगो राष्ट्रको एजेण्डा विकास र समृद्धिलाई पर्व उत्सवहरूले सहयोगी बन्छन ।’

उनले थपे, ‘प्रदेश पाँचमा विशेष गरी मनाइने माघी पर्वलाई सबै समुदायले महत्व दिएका छन ।’ माघी पर्वको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । माघ १ र २ गते सार्वजनिक बिदा दिएको छ । माघी पर्व मगर र थारु समुदायले विशेष महत्वका साथ मनाउँछन ।

 
 
  
 

You may also like