सुचना प्रविधि विधेयक फिर्ता लिन पाँच पत्रकार संगठनको माग

by समतल अनलाइन

काठमाडौं ।सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार तथा संविधान विरोधी भएको भन्दै विभिन्न पाँच पत्रकार संगठनले फिर्ता लिन माग गरेका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, प्रेस नेपाल र मधेशी पत्रकार समाज सम्मिलित संयुक्त पत्रकार संघर्ष समितिले देवानी तथा फौजदारी संहिता, मिडिया काउन्सिल विधेयकलगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्राविरोधी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको हो ।

समितिले सरोकारवाला निकायको असहमति र विरोधका बीच सरकारले प्रेस तथा अभिव्यक्ति, नागरिकको गोपनीयताको हक हनन हुने र स्वतन्त्र न्यायालयको मान्यताको समेत विपरीत हुने गरी सूचना प्रविधि विधेयश संसदमा पेश गरेको दाबी गरेको छ । यस्ता कार्यले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्दै गएको जिकिर गरेको छ ।

 

 
 
  
 

You may also like