न्यू होराइजनको आयोजनामा अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता

by समतल अनलाइन

पाल्पा । पाल्पामै पहिलो पटक न्यू होराइजनको आयोजनामा अन्तर्राष्ट्रिय हेग्जागन चित्रकला प्रतियोगिता तथा प्रदर्शनी एक समारोहका बिच सम्पन्न भएको छ । चित्रकलासँग सम्बन्धित उक्त प्रतियोगितामा विभिन्न १४ ओटा विद्यालयहरूले भाग लिएका थिए ।

प्रतियोगिताका चित्रकलाहरू सेप्टेम्बर महिनामा अमेरिकाको पेन्सिलभेनिया राज्यको स्क्रान्टन सीटी स्थीत स्टीम टाउन हलमा करिव एक महिनासम्म प्रर्दशनिमा राखिएको थियो । न्यू होराइजन विद्यालयका प्राचार्य डाँसुराम पन्तको अध्क्षयतामा भएको उक्त कार्यक्रमको उद्घाटन तानसेन नगरपालिका प्रमुख अशोककुमारी शाहीले गरेका थिए ।

कार्यक्रमको संयोजन तथा सहजिकरण न्यू होराइजन विद्यालयकी काउन्सेलर तथा युवा उत्प्रेरक संगिता भट्टराईले गरेकी थिइन । कार्यक्रममा न्यू होराइजनका कक्षा ३ मा अध्यनरत छात्र असिम गैरे र जनता मा. वि का कक्षा १० मा अध्यनरत दिपक आले मगरले अन्तर्राष्ट्रियस्तरमा पुरस्कार जित्न सफल भएका थिए । पाल्पा आवासियकी मनिला श्रेष्ठ, रिभर भ्यालिका वैवभ घिमिरे, विज्डम स्कुलकी दिया बलाल, माउन्ट भ्यालीका सम्राट राना, बेथल स्कुलका सुमन सारु, न्यु होराइजनका सिमसन सारु र विजु स्कुलकी विपना दर्लामीले विभिन्न विधामा पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रमका बरिष्ठ अतिथि तथा हेग्जागन प्रोजेक्ट अमेरीकाकी प्रतिनिधि मेरीयाना कुपर मिल्क्सले कार्यक्रमको महत्त्व र संस्थाको क्रियाकलापका विषयमा प्रष्ट पारिन । नेपालका लागि अन्तर्राष्ट्रिय संयोजक सविन शिवाकोटीले २०२० को विषय ‘विविधता’ घोषणा गर्दै उक्त विषयमाथी विधार्थीहरूलाई प्रशिक्षण दिएका गरेका थिए । जापान, अस्ट्रेलिया, इजिप्ट, कोरिया, पोल्यान्ड, प्रोर्चुगल जस्ता विभिन्न देशहरूबाट सहभागीता रँहदै आएको प्रोजेक्टको फाउन्डर तथा निर्दैशक बेथ बुर्खाउसर रहेका छन् ।

यस्तैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपानेले आगामी दिनमा शैक्षिक सुधारका लागि प्याब्सनले आवश्यक सहयोग गर्ने बताए । विद्यालयका शिक्षक किशोर खनालको व्यवस्थापनमा भएको कार्यक्रममा स्वागत सहायक प्राचार्य चन्द्रकान्त न्यौपाने र सञ्चालन शिक्षक कृष्णप्रसाद ज्ञवालीको रहेको थियो ।

 

 
 
  
 

You may also like