सैनामैना व्यापार मेला : ‘मम्मी डान्स प्रतियोगिता’को उपाधी बुटवलकी कल्पनालाइ

by समतल अनलाइन

‘नगद २० हजार, ताज र प्रमाणपत्र पुरस्कार’

बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । उनलाइ ताज,नगद २० हजार रुपै‌ंया, प्रमाणपत्र सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली कंँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी ,संघका सचिब हिमाल गैरे,डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् ।

उनीहरुले क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए ।

डुम्रे यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

त्यस्तै महोत्सवमा, राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा, शारदा प‌गेनी, पुरुषोतम पौडेल, रविना बस्याल लगायतको प्रस्तुती, डान्स आइडल समेत भएको स‌ास्कृतिक उपसमिति संयोजक हिमाल गैरेले बताए ।
२ सय २० स्टल रहेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिए ।

राष्ट्रिय ‘आर्थिक विकासका राष्ट्रिय आधार स् कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव माघ ६ गते सम्म संचालन हुने प्रचारप्रसार संयोजक लोकनाथ अधिकारीले बताए ।

 
 
  
 

You may also like