सामाजिक विकासमन्त्रीको पहलमा अस्पतालबाट विरामी डिस्चार्ज

by समतल अनलाइन

बुटवल । आर्थिक अभावका कारण अस्पतालबाट विरामी निकाल्न नपाएका पाल्पाका एक परिवारले मंगलवार साझ विरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

तिलोत्तमा नगरपालिका स्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ की ठगिसरा सोमै ९पुजा सोमै०को उपचार शुल्क सामाजिक विकास मन्त्रि सुदर्शन बराललेको पहलमा छुट गराई अस्पतालबाट घर पठाईएको हो । मन्त्री बरालको पहलमा १८ वर्षिय ठगिसराको उपचारमा लागेको शुल्क अस्पताल प्रशासन छुट गर्न सहमत भएको थियो ।

८४ दिन अस्पतालमा भर्ना हुदा एक लाख ६२ हजार ४ सय रुपैयाको विल भएको थियो । विरामी सोमैको माईतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय ३० रुपैया शुल्क अस्पताललाई वुझाई सकेका थिए । ७४ हजार ४ सय ७० रुपैया भुक्तानी गर्न बाकी रहेको थियो । चिकित्सकले घर लैजान सुझाव दिएपनि वाकी शुल्क वुझाउन नसकेका कारण घर जान रोकेर राखेको थियो ।

गत असोज ८ गते श्रीमान भूमवहादुर सोमैले पुजाको टाउकोमा प्रहार गरी ठूलो चोट लाग्ने गरी घाईते बनाएका थिए । असोज २९ गतेदेखी सम्म पाल्पा लुम्विनी मेडिकल कलेजमा भर्ना गएकोमा त्यहा निको नभएकाले तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको पुजाको सहोदर दाजु निस्दी गाउपालिकाका सुवास परियारले जानकारी दिए ।

चिकित्सकले एक महिना अघि नै घर लैजान डिस्चार्ज दिएपनि शुल्क तिर्न नसकेकाले घर फर्कन नसकेको अवस्थामा मन्त्री सुदर्शन वरालको पहलमा वहिनीलाई लिएर घर फर्किएको उहाले बताए । ‘सहयोगको लागी अन्यत्र धेरै धाईयो, मन्त्री ज्यूले अस्पतालमा भनिदिएपछि शुल्कमा छुट पायौ । उनले भने– घर सम्म पुराउने व्यवस्था पनि मिलाईदिनु भयो ।’
क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले विरामीको आर्थिक अवस्था कमजोर भएको र मन्त्री ज्यूको आग्रहमा वाकी शुल्क छुट गरी विरामीलाई घर पठाईएको जानकारी दिए ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले कुनै पनि अस्पतालले १० प्रतिशत विरामीलाई विपन्नताका आधारमा निशुल्क उपचार गर्नुपर्ने प्रावधान रहेको बताउदै त्यसलाई प्रभावकारी रुपमा लागु गरिने बताए । घरेलु हिंसा पिडित ठगिसराको उपचारमा अस्पतालले गरेको सहयोग श्रहानीय भएको उनले बताए ।

 
 
  
 

You may also like