परिचितमा रक्तदान

by समतल अनलाइन

प्रकाश गौतम
बुटवल। परिचित बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा १२ प्रगतिनगरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाले रक्तदान कार्यक्रम आयोजना गरिएकोे हो ।

कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष यादब प्र अर्यालले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । उहाले परिचित सहकारीले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताउनु भयो । रक्तदान कार्यक्रममा ३८जनाले रक्तदान गर्नु भएको थियो ।
रक्त संचार केन्द्र भैरहवाको प्रबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like