सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच सम्झौता

by समतल अनलाइन

काठमाडौं । ललितपुरको भैंसीपाटीस्थित नेपाल मेडिसिटि हस्पिटल र सानिमा बैंक लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलको तर्फबाट महाप्रबन्धक श्री विजय रिमालले स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउन सक्नेछन ।

यो पनि पढ्नुहोस्

 
 
  
 

You may also like