बुटवल औद्योगिक व्यापार मेला भोली सकिदै,समापनमा शेखर गोल्छा आउने

by समतल अनलाइन

बुटवल। बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेला बुटवल–२०७६ को भोली बुधबार समापन गरिदै छ ।

मेलाको समापन नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

त्यस्तै समापनकै दिन बुधबार दोहोरी गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुनेछ भने लोक तथा दोहोरी गायक घनश्याम रिजाल, लक्ष्मण खड्का, श्रीधर अधिकारी, लोकन्द्र सापकोटा र आधुनिक तथा अर्जुन कौषल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।

समापनकै अवसरमा अर्घाखाँचीको चर्चित खिल्जी सरायँ नाच प्रस्तुत गरिने छ ।

मेलामा मंगलबार प्रकाश सपुथ, रामजी खाँण, ओम ज्ञवाली, शिलु भट्टराई, रेनु राना, नारायण विपी परियार तथा आधुनिक कलाकारहरुको प्रस्तुती रहेको थियो ।

त्यस्तै आधुनिक तथा भ्वाईस अफ बुटवलको फाईनल प्रतिस्पर्धा भएको छ ।

मेला समापनमा मेलामा राखिएका बिभिन्न उत्पादनका उत्कृष्ट स्टल धनीहरु, मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको संघका महासचिव तथा मेला प्रवद्र्धन एवं सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो ।

 
 
  
 

You may also like