खुद्रा किराना व्यवसायी संघको रक्तदान,३५ युनिट संकलन

by समतल अनलाइन

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले बुटवलमा रक्तदान गरेको छ । संघले आफ्नो सातौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
मंगलबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । संघका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक शंकर पाण्डेले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा संघमा आवद्व व्यवसायीले रक्तदान गरेको जानकारी गराए ।

रक्तदान कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले रक्तदानले मानिसको बाच्न पाउने अधिकार सुरक्षित गर्ने बताए ।

समाजमा सबै वर्ग समूदायको अधिकार सुनिश्चत हुनुपर्ने बताउंदै किराना व्यवसायीका अधिकार सम्बोधन गर्नेगरी राज्यले नीति नियम बनाउनु पर्नेमा जोड दिए । संघका अध्यक्ष गंगाधर न्यौपानेले किराना व्यवसायीको पेशा नै सेवामुखि भएकाले मानवीय सेवाका लागि रक्तदान गरिएको बताए ।

गंगाधर न्ययौपानेको अध्यक्षता र महासचिव कृष्ण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।

 
 
  
 

You may also like