ग्लोबल आईएमईको स्थापना दिवसमा रक्तदान

by समतल अनलाइन

बुटवल । ग्लोबल आईएमई बैक लिमिटेडको १३ औ वाषिर्कोत्सवको अवसरमा रक्तदान गरेको छ । बुटवलमा रहेका पाच वटा शाखा कार्यालयको संयुक्त आयोजनामा राजमार्ग चौराहास्थित बैक परिसरमा विहिबार रक्तदान कार्यक्रम गरिएको हो । काठमाण्डौसहित देशका मुख्य शहरहरुमा रक्तदान कार्यक्रम भएको प्रदेश ५ का डिपुटी हेड दिलिप डागीले बताए ।

बैकिङ सेवासंगै सामाजिक उत्तरदायित्वमा आफुहरु निरन्तर लागेको उनले बताए । ‘केन्द्रीय कार्यालयका साथै प्रदेश र जिल्लास्तरमा समेत सामाजिक कार्यहरु भैरहेको छ ।’– उनले भने । न्यानो कपडा वितरण, अनाथ अपाङहरुलाई सहयोग, प्रधानमन्त्री कोषमा आर्थिक सहयोग बैकले वार्षिक रुपमा गर्दै आएको उनले बताए । नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै बैकका राम मन्दिर लाईन शाखाका प्रबन्धक जोगलाल भुषालले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरिएको बताए । देशभरमा २ सय ७७ शाखा रहेका छन । भने रुपन्देही जिल्लामा १३ शाखाबाट बैकिङ सेवा प्रदान गरिरहेको छ ।

राजमार्ग चौराहाका प्रमुख केशव प्रसाद वलीले खुल्ला रक्तदानमा कर्मचारीसंगै बैकका ग्राहकहरुबाट समेत सहयोग भएको बताए ।

 
 
  
 

You may also like