सत्यवतीमा सिप विकास तालिम सुरु

by समतल अनलाइन

सुरेश थापा
गुल्मी। आधारभूत तथा माध्यमिक स्तरीय विज्ञान विषयको पेशागत सिप विकास सम्वन्धि तालिम सत्यवती गाउँपालिका गुल्मीमा बिहिबार देखि सुरु भएको छ ।


गाउँपालिकाको आयोजना र विज्ञान विषय समिति सत्यवतीको सह आयोजन रहेको तालिमको बैज्ञानिक विधिबाट द्धिप प्रज्वलन गरी गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गर्नुभयो ।

लिडर चेतनाका बाहकका रुपमा शिक्षकहरु अगाडि आउनुपर्ने र बैज्ञानिक चेतनाले समाजमा ओतप्रोत गर्नेमा आफू विश्वस्त रहेको प्रमुख प्रशिक्षक माधव ज्ञवालीले बताउनु भयो । समाजमा रहेको बोक्सी, धामी झार्की जस्ता कुरीती हटाउन विज्ञानले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो ।
विज्ञानका हस्ती आत्माराम भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै आफूमा रहेको अल्छिपन, ढिलासुस्ती मन मस्तिष्कबाट हटाउदै नतिजामा मात्र केन्द्रित नरहेर नया विषयको सृजना गर्नसक्ने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । सोहि अवसरमा वडा नं. १ का वडा अध्यक्ष भिमलाल पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियो । गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको सभापतित्व, गाउँपालिका उपाध्यक्ष शुवर्ण शाही शेर्चन, प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी, कार्यक्रम संयोजक छविलाल भण्डारी, देवराज पन्थी मेख बहादुर थापा पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

३ दिन सम्म संचालन हुने सो तालिममा सत्यवती गाउँपालिका भित्रका आधारभुत तथा माध्यमिक तहका विज्ञान शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको संचालन मणि ज्ञवालीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like