पर्यटन विकासको राम्रो सम्भावना बोकेको घ्युसंग नुन साट्ने पुरानो शहर ‘बटौली’

by समतल अनलाइन

बुटवल । प्रदेश पाँचको राजधानी बुटवलको परानो नाम बटौली हो । मणिुकुन्द सेनको सितकालिन दरवारको नजिकै रहेको बटौली अहिले बिस्तारिएर तिनाउ नदिको पूर्वतर्फ फैलिएको छ भने पुरानो बटौली ओझेलमा परेको छ ।

बुटवलको ईतिहास बोकेको बटौली प्रवद्र्धनकालागि ढिलै भएपनि प्रयासहरु हुन थालेका छन् । बटौलीको प्रवद्र्धन गर्ने हो भने ईतिहास पनि संरक्षण हुने र त्यसलाई ब्राण्डिङ् गर्न सके त्यसबाट लाभ पनि उठाउन सकिने भएकाले ऐतिहासिक बटौलीमा सम्भावनाको खोजी हुन थालेको छ ।

पुर्खाले पहाडबाट घ्युलाएर नुन साट्ने पुरानो शरह बटौलीको प्रवद्र्धनकालागि बुटवल उद्योग बाणिज्य संघले बुटवल देवीनगरमा आयोजना गरेको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सन्दर्भमा बिहिबार संघको सचिवालय बालमन्दिरमा ‘नयाँ सम्भावनाको पर्खाइमा बटौली’ बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यस अवसरमा बोल्ने अधिकांश व्यक्तिहरुले पुरानो शहर बटौलीलाई व्युताउनकालागि पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सार्नुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोधकर्ता सुत्र सोलुसन्सका सुरेश सापकोटाले बटौलीको बिकासको प्रमुख आधार पर्यटन भएको बताए । उनले आफूले गरेको सोधमा व्यबसायिक कृयाकलाप बढाउनकालागि त्यस क्षेत्रको पूर्वाधारका कारण व्यापार, उद्योग र सेवा क्षेत्र भन्दा कृषि र पर्यटनको राम्रो सम्भावना देखिएको उल्लेख गरे । पुरानो संरचना, धार्मिक सांस्कृतिक महत्व, ऐतिहासिक महत्व, सामरिक तथा वातावरणीय महत्वका आधारमा पर्यटनको राम्रो सम्भावना रहेको उहाँले उल्लेख गरे ।

त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धनकालागि जीतगढी किल्ला, मणिमुकुन्द सेनको सीतकालिन दरवार क्षेत्र, लगायतलाई समेटेर पर्यटन प्रवद्र्धनात्मक गतिबिधि तथा सोही अनुसार पूर्वाधार निर्माणमा तत्काल लाग्नपर्ने उनले सुझाव राखे । त्यस्तै पुरानो शहर बटौली यातायातको हिसावले समेत साँगुरो सडक भएकाले त्यो भन्दा यतै पार्किङ्को व्यबस्था गर्ने र पैदल(ट्रेकिङ्) अवलोकन, गाईडको व्यबस्था मिलाउने हो भने राम्रो हुने प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ । त्यस्तै पुरानो संरचनालाई नबिगारीकनै पूर्वाधार बिकासलाई समेत जोड दिईएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठले पुरानो बटौलीलाई उजागर गर्न पुरातत्व विभाग र सरकारको महत्वपूर्ण भुमिका रहने बताउँदै सबै मिलेर लागेमा राम्रो पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न सकिने औंल्याए ।

त्यस्तै पूर्व सांसद विनोद पहाडीले पुरानो बटौलीलाई उजागर गर्न मार्ग चित्र बनाएर अगाडी बढ्नुपर्ने औंल्याउँदै बटौलीको आर्कषण पहिचान गरी अगाडी बढ्नु पर्नेमा जोड दिए । उनले पुरानो बटौली घ्यु र नुनको कारोवारबाट सुरु भएको उल्लेख गर्दै त्यस समयमा हुने व्यापारका उत्पादनलाई समेत प्रोत्साहन गर्नेगरी योजनावद्ध कार्यक्रम बनाउन सुझाव दिए ।

त्यस्तै वडा नं. १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल र वडा नं. २ का अध्यक्ष रमेश नेपालले बटौलीलाई आर्कषण बताउन जलमार्ग, पैदल मार्ग, प्राविधिक शिक्षाको रुपमा छुट्टै पहिचान हुने गरी (बुटवल माबिमा अमिन र उजिरसिंह माबिमा अटो सम्बन्धि) पाठ्यक्रम बिकास गर्न लगागिएको जानकारी गराए । उनले स्थानीय सरकारले अंगाडी सारेका काममा जनसहभागिता बढाउन र सुझाव सल्लाहको समेत आग्रह गरेका थिए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडा नं. १ र २ का सरोकारवाला, विज्ञ तथा उद्योगी व्यबसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले बटौलामा पुरानो संस्कृतिको झल्को दिनेगरी होम स्टे सञ्चालन गर्नसके पनि पर्यटन प्रवद्र्धन गर्न सकिने भनाई राखेका थिए । तालिम तथा गोष्ठि अन्तरक्रिया व्यबस्थापन एवं पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक संजय कलवार जयशवालको स्वागत तथा गोबिन्द पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालित मेलाका अवसरमा संघले यहि १९ गते शुक्रबार बिहान ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सम्भावना र चुनौती’, र २१ गते सोमबार ‘नयाँ बुटवलको आधार : सुन्दर र व्यबस्थित बजार’ बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संयोजक जयशवालले जानकारी गराए । यहि पुसको ९ गतेदेखि बुटवल देवीनगरमा सुरु भएको औद्योगिक व्यापार मेला २३ गतेसम्म सञ्चालन गरिने छ ।

 
 
  
 

You may also like