न्यानो कपडा वितरण

by समतल अनलाइन

सैनामैना। नगरको शिक्षा सुधार कार्यक्रममा अब्बल रुपमा श्री महेरवा देवी आधारभूत विद्यालय रहेको सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्की ले बताउनु भएको छ।


गोर्खाली युवा सशक्तिकरण समुह र श्री महेरवा देवी आधारभूत विद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यालय तर्फबाट प्रमुख अतिथि रहनु भएका सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्कीले विद्यालय जति व्यवस्थित भए पनि खेलमैदान बिना अपुरो रहेको बताउँदै हरेक विद्यालयमा विद्यार्थी खेल्ने खेल मैदान हुनु पर्नेमा जोड दिनु भएको थियो।

सामुदायिक विद्यालय का विद्यार्थी को विद्यालय सँग पहुँच पुर्याउन स्कूल बसको व्यावस्था गर्ने तिर लागे को समेत कार्कीले बताउनु भयो।
कार्कीले विद्यालयको सुधारमा सक्रिय सहभागी जनाउने विद्यालयलाई आर्थिक सहयोग सँगै भौतिक पूर्वाधार निर्माण मा नगरको सधैं साथ सहयोग रहने समेत बताउने भयो।

त्यस्तै गोर्खाली युवा सशक्तिकरण समुह को तर्फबाट वितरण गरिएको न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले अभिभावकले आफ्ना छोराछोरी विद्यालय पठाउँदा सफा, सरसफाई युक्त बनाएर पठाउनका लागी यो कार्यक्रमले सकारात्मक संदेश दिने बताउनु भयो।

न्यानो अभियान विद्यालयका विद्यार्थीलाई मात्र नभई सबै नगर बासीका लागी समेत अभियान सञ्चालन गरिने पन्थीले बताउनु भएको थियो
कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिका का वडा नं ११का अध्यक्ष सुनिल मरासिनीले न्यानो कपडा वितरण कार्यक्रम कोही गरीब भएर कोही दुःखी भएर दिएको नभएर, अभिभावकलाई आफ्ना बालबच्चलाई झोला, ड्रेस, जुत्ता लगाएर स्कूल पठाउन प्रोत्साहन गर्न वितरण गरिएको बताउनु भएको थियो। हाम्रो सानो सहयोग बाट दुखि हरुको मुहारमा थोरै भए पनि हासो र केही परिवर्तन हुन्छ र आफू पछिका युवाहरू लाई पनि प्रेणा हुने छ भन्ने हेतुले सामाजिक कार्यमा सधै गोर्खाली अग्रसर रहने अध्यक्ष भरत पुरिले प्रतिबद्धता गर्नु भयो ।
सैनामैना नगरपालिका, राजापानी साझेदारी वन, लुम्बिनी साझेदारी वन तथा नमूना युवा क्लबको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो।

 
 
  
 

You may also like