भ्रमण वर्ष सुरु : २० लाख पर्यटक भित्र्याउने लक्ष्य

by समतल अनलाइन

काठमाडौं। २० लाख पर्यटक भित्र्याउने महŒवाकांक्षी लक्ष्यका साथ घोषणा गरिएको ‘भिजिट नेपाल २०२०’ सुरु भएको छ । भिजिट नेपालको औपचारिक सुरुवात राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रमबीच बुधबार गरेकी हुन् ।
नेपालले सन् १९९८ मा ५ लाख पर्यटक भिœयाउने लक्ष्यका साथ पहिलोपटक नेपाल भ्रमण वर्षको आयोजना गरेको थियो । सन् २०११ मा दोस्रोपटक १० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ पर्यटन वर्षको आयोजना गरेको थियो । सरकारले लक्ष्य राखे पनि यी दुवै वर्षमा लक्षित संख्यामा पर्यटक आएका थिएनन् । सन् २०१९ को तथ्यांकलाई केलाउने हो भने २० लाख पर्यटक भिœयाउनका लागि सरकारले अझै मेहनत गर्नुपर्ने देखिन्छ । अहिले पनि वार्षिक रूपमा १२ लाख पर्यटक नेपाल आइरहेका छन् ।

१० वर्षे पर्यटन रणनीतिमा सन् २०२० मा २० लाख पर्यटक भिœयाउनका लागि त्रिभुवन विमानस्थलको स्तरोन्नति गरी गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, यी दुवै विमानस्थल सञ्चालनमा आउन भने अझै पाँच महिना पर्खनुपर्ने अवस्था छ । यसैगरी, नेपाल वायुसेवा निगमको आठवटा अन्तर्राष्ट्रिय उडान भर्ने विमान हुने र युरोपसित सीधा उडान भइसक्ने कल्पना पर्यटन नीतिले गरेको थियो । तर, यो अहिलेसम्म पनि गर्भमा नै रहेको छ । २० लाख पर्यटक भिœयाउन मुलुकबाहिर व्यापक प्रचार गर्नुपर्नेमा सरकार भने यसको प्रचार नेपालमा नै केन्द्रीकृत गर्दै बसेको छ । २० लाख पर्यटकलाई हस्पिटालिटी सेवा दिन सकिने गरी पूर्वाधार पनि निर्माण गरेको अवस्था छैन । पर्यटकहरूलाई विशेष आकर्षण गर्नका लागि प्याकेजको घोषणा पनि गर्न सकेको छैन ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताइन् । उनले पर्यटकीय गन्तव्यबीचको प्रतिस्पर्धाबाट पर्यटन क्षेत्रको विकास गर्न सकिने र यसैबाट विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताएकी थिइन् । नेपाल भ्रमण वर्षलाई सफल बनाउनु सबै नेपालीको दायित्व भएको टिप्पणी गर्दैै राष्ट्रपति भण्डारीले पर्यटन क्षेत्रले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने पनि बताइन् ।

उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभामा अध्यक्ष, नेकपा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसद, प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, पर्यटन व्यवसायी तथा आमजनसमुदायको उपस्थित रहेको थियो । यसका साथै उद्घाटन कार्यक्रममा भारत, चीन, लगायत पाँचभन्दा बढी देशका पर्यटनमन्त्रीको समेत उपस्थिति रहेको थियो भने २८ मुलुकका प्रतिनिधिको सहभागिता रहेको थियो । उद्घाटनका लागि भिजिट नेपाल २०२० को सचिवालयले करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । यसैबीच सातै प्रदेशमा बुधबार नै भिजिट नेपाल २०२० को उद्घाटन गरिएको छ ।
काठमाडौंमा भएको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल २०२० लाई मास टुरिजमको अवधारणामा मनाउन लागिएको र यो वर्षलाई पर्यटनको आधार वर्षका रूपमा लिई एक दशकसम्म यो अभियानलाई निरन्तरता दिनेगरी सरकार अगाडि बढेकोे बताए ।

सरकारले १५औं पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ भने हाल जीडीपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेको छ । सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको प्रतिदिन खर्च ४४ डलर र बसाइ अवधि १२ दशमलव ६ दिन मात्रै रहेको छ । सन् २०१८ को तुलनामा सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि भएको छ ।
अहिले कन्जुमर फोकस, डिजिटल फर्मयाट र ट्रेड फोकसलाई सँगसँगै प्रचारप्रसार र प्रवद्र्धनको काम गरिरहेको छ । ट्रेड फोकसमा ठूलाठूला ट्राभल मार्टहरूमा नेपालका निजी क्षेत्रलाई सँगसँगै लिएर बिजनेस कन्ट्र्याक्ट गर्ने काम गरिरहेको पर्यटन मन्त्री भट्टराईले बताए । यसैगरी, चीनको सी ट्रिप डट कम, लोल्लनी प्लान्टजस्तो प्लेट फर्मसँग सहकार्य गरिरहेको छ । मास मिडियाअन्तर्गत बीबीसी र सीएनएनमा पनि छिट्टै प्रचारको काम गर्ने बताइएको छ । यसैगरी, ओला क्याप (भारतको राडिङ प्लेटफर्म), चाइनाको डीडी क्याप र लन्डनको बस र मेट्रो ब्रान्डिङबाट पनि प्रवद्र्धनको काम गरिरहेका छ । डिजिटल प्लेट फर्ममा नेपालको भिजिबिलिटी बढाइरहेको बताइएको छ ।

मन्त्री भट्टराईका अनुसार यही महिनाभित्र त्रिभुवन विमानस्थल २४सै घण्टा सञ्चालनमा आउनेछ भने थप दुईवटा ट्याक्सी पार्किङ वे सम्पन्न हुनेछ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठवटा हिमाल नेपालमा नै रहेको र पर्वतारोहण, पदयात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिको प्रमुख स्रोत यही हिमाल रहेको बताए । उनले २० वटा संरक्षित क्षेत्रहरूले देशको २३.२३ प्रतिशत क्षेत्रफल ओगटेको र चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौं उपत्यका, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत रहेको जानकारी दिए । उनले विश्वको ९ प्रतिशत चरा अर्थात् कुल ८ सय ७२ प्रजाति नेपालमा रहेको र १० वटा राष्ट्रिय निकुञ्ज, तीनवटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १ सिकार आरक्ष, १२ वटा मध्यवर्ती क्षेत्र र १० वटा रामसार क्षेत्र भएकाले पनि पर्यटकको आकर्षणको केन्द्र भएको दृष्टान्त पेस गरे ।
‘सन् १९५१ पछि मात्र नेपाललाई विदेशी पर्यटकका लागि खुला गरिएको हो । साढे ६ दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै ठूलो परिवर्तन आइसकेको छ । अब मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्ये एक बनाउने सरकारको योजना छ’, पर्यटनमन्त्री भट्टराईले भने ।

त्यसैले सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अभियान घोषणा गरेको हो । आज नै सातवटै प्रदेशहरूमा पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ । यसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने संकल्पसहित यो शुभारम्भ गरिरहेका छौं । यो राष्ट्रिय उत्सवसमा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको छ । पर्यटनलाई नेपालको आर्थिक विकासको महŒवपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन ।
त्यसैले हामीले सन् ‘२०२०’लाई प्रस्थान बिन्दुका रूपमा मान्नेछौं । ‘२०२०’ले पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार पार्नेछ । यसबाट पर्यटनको नयाँ क्षितिज उदाउनेछ । यसले पर्यटनको नयाँ बाटो र उज्यालो तय गर्नेछ । त्यही बाटो र उज्यालोलाई पछ्याएर २०२० देखि २०३० लाई पर्यटन दशकको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं ।
अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेका छन् । अब ८० डलर खर्च गराउने लक्ष्य सरकारको छ ।

 
 
  
 

You may also like