मिस, मिसेज तथा तेस्रो लिङ्गी तीज प्रतियोगिताको उपाधी रितीका, भगती र आशिकाले जिते

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल, २६ साउन । बुटवलमा भएको जिल्ला स्तरीय मिस, मिसेज तथा तेस्रो लिङ्गी तीज प्रतियोगिताको उपाधी रितीका, भगती र आशिकाले जितेका छन् । इन्जोए लेडिज एण्ड जेन्स लङ्ंघाली ब्यूटिपार्लर बुटवलले आयोजना गरेको प्रतियोगितामा मिसतर्फ बुटवलकी रितीका मधेसिया, मिसेजतर्फ लक्ष्मीनगरकी भगवती भट्टराई खत्री र तेस्रो लिङ्गीतर्फ मणिग्रामकी आशिका थापाले उपाधी उचालेका हुन् । उनीहरुले ताज सहीत जनही दश÷दश हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा मिसतर्फ प्रोनिशा थापा फस्ट रनरअप र हेमा बस्याल सेकेण्ड रनरअप भईन् । यस्तै मिसेजतर्फ भुमा मगर फस्ट रनरअप र कृष्णा थापा सेकेण्ड रनरअप भईन भने यस्तै तेस्रोलिङ्गीतर्फ जिज्ञासा चौधरी फष्ट रनरअप र अनुजा शर्मा सेकेण्ड रनरअप भईन् । यस्तै प्रतियोगितामा तेस्रोलिङ्गी महिला प्रशंसा प्रधान अर्गनाईजर च्वाईस बनेकी छन् ।

इन्जोए लेडिज एण्ड जेन्स लङ्ंघाली ब्यूटिपार्लर बुटवलकी संचालक रेखा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद दिपा बिश्वकर्माले विजयी प्रतिस्प्रधीहरुलाई पुरस्कार वितरण गर्दै यस्ता प्रतियोगिताले सबै लिङ्गीलाई समाजमा समान हैसियत दिन मद्दत पुग्ने बताईन् । कार्यक्रममा माईती नेपालकी प्रमुख माया क्षेत्री, कांग्रेस नेतृ बालकुमारी भण्डारी, इन्सेक प्रतिनिधी रिमा बिसी, कोरियोग्राफर रेशम न्यौपाने, स्वतिका खड्का, डाक्टर मौसमी थापा लगायतले नारिहरुमा मात्र महानपर्व नभएर महिला पुरुष तथा तेस्रोलिङ्गीको पनि पर्बका रुपमा तिज पर्वलाई मनाउनु पर्नेमा जोड दिए ।

 

संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा तेस्रोलिङ्गी महिला अवन्तिका घर्ति मगरले कोरियोग्राफि गरेकी थिईन् । कार्यक्रममा अविवाहित, विवाहीत र तेस्रो लिङ्गी महिलाहरु गरि डेढ दर्जनले प्रतियोगितामा सहभागिता लिएका थिए ।

 
 
  
 

You may also like