शंकरनगर दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमाले खुवायो आश्रममा खाना

by समतल अनलाइन

तिलोत्तमा । शंकरनगर दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमाले मानव सेवा आश्रममा खाना खुवाएको छ । मानवीय सेवा अन्तर्गत सो संस्थाले बुटवल सुख्खानगरमा रहेको सो आश्रमका आश्रितको लागि खाना खुवाएको हो ।

यही पौष १९ गते हुन गइरहेको रजत जयन्तीको अवसरमा सो संस्थाले विभिन्न रचनात्मक कार्य गरिरहेको हो । सो कार्यक्रममा विभिन्न विशष्ट व्यतित्वको उपस्थिति रहेको थियो । यही पौस १९ गते एक विशेष समारोह गरी भव्यरूपमा रजत जयन्ती मनाउने पनि सो कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा अभियान्ताहरू सरू अधिकारी , रिता थापा , शेरबहादुर गौतम त्यसैगरी सल्लाहकारहरू तिलोत्तमा नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष दधिराम गौतम , क्याप्टेन प्रेम बहादुर भण्डारी पुष्करनाथ पन्थ हुमनाथ पाण्डेय रेश्मीराज पाण्डे , नवराज न्यौपाने , दुर्गा प्रसाद न्यौपाने अनिता खनाल लगायतले बोलेका थिए ।

२०४८ सालमा स्थापना भएको सो संस्थामा हाल ५४ सेयर सदस्य र गैर सेयर सदस्यसहित दैनिक ७०० सय लिटर दुध संकलन भैरहेको व्यवस्थापक जगन्नाथ कडेलले बताए । क्याप्टेन प्रेम बहादुर भण्डारीको अध्यक्षता रहेको सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक जगन्नाथ कडेलले गरेका थिए ।

 
 
  
 

You may also like