रेडियो जागरणले तीज प्रतियोगिता गर्ने

by समतल अनलाइन

बुटवल, साउन २५ । रेडियो जागरण बुटवलले सदाका बर्षमा जस्तै यसपाली पनि तीज गित प्रतियोगिता २०७६ गर्ने भएको छ ।

नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तीजका अवसरमा महिला माथि हुने भेदभाव र सस्कृति संरक्षणका लागि खुल्ला तीज गित प्रतियोगिता गर्न लागेको रेडियोले जनाएको छ ।

रेडियो सञ्चालक समितिका अध्यक्ष विनोद पहाडीको अध्यक्षतामा बसेको बैठकले तीज पर्व मार्फत सामाजिक सन्देश दिनका लागि प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता गर्नका लागि रीमा विसिको संयोजकत्वमा तीज गीत प्रतियोगिता मूल आयोजक समिति गठन गरिएको छ । जसको सहसंयोजकमा शसि सिंह परियार, सदस्यहरुमा कल्पना डुम्रे ज्ञवाली, सिता भुसाल, आरती गौतम, लक्ष्मी परियार, वविता विश्वकर्मा, उषा बमरेल र दीपा पाईजा रहेका छन ।

रेडियो जागरणले आफ्नो स्थापनाकाल देखि नै महिलाहरुको महान पर्व हरितालिका तीजलाई अधिकारको पर्वको रुपमा मनाउदै आइरहेको छ । महिला माथि हुने गरेका हिंसाहरु, मानवबेचबिखन तथा सुरक्षित मातृत्व, मानवअधिकारको संरक्षण र जातिय तथा लैंगिक विभेदको समस्या, दलित महिलाले भोगेका समस्या जस्ता महिला अधिकारलाई जुझारु रुपमा उठाउने गरि प्रतियोगिता गरिने रेडियोका अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

प्रतियोगिताका लागि जुनसुकै क्लब, विद्यालय तथा आमा समूहले सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा प्रथम हुने समूहले नगद १२ हजार ५ सय, द्धितियले ९ हजार ५ सय र तृतिय हुने ६ हजार ५ सय र प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा भाग लिन चाहनेलाई सम्पर्कमा आउन समेत रेडियोले आग्रह गरेको छ ।

 
 
  
 

You may also like