अज्ञात समूह द्वारा वडा अध्यक्षको गाडीमा आगजनी

by समतल अनलाइन

कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्लाकाे मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी चढ्ने गाडीमा आगजनी भएको छ ।

लु १ झ ४०० नम्बरको सरकारी गाडीलाइ अज्ञात समूहले गए राति १० : ५० बजेको समयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिम शमशेर राणाले जानाकारी दिए।

प्रहरीका अनुसार गए राति सदरमुकाम तौलिहवामा रहेको आफ्नो डेरा अगाडि पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । आगजनी किन र कसले गर्‍याे भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष कुर्मी सङ्घीय समाज वादी पार्टी बाट अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि हुन्।

गए राति नै दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा पनि अज्ञात समुहले अागजनि गरेका छन् ।

 
 
  
 

You may also like