जेसीज महाधिवेशनमा आएका युवा चितवनमा मृत भेटिए

by समतल अनलाइन

चितवन ।नेपाल जेसीजको महाधिवेशनमा आएका एक युवा चितवनमा मृत भेटिएका छन् । पूर्वीचितवनको रत्ननगरमा भएको जेसीजको महाधिवेशनमा सहभागि भएका युवा रत्ननगर–९ स्थित मोहना नहर चोक नजिकै रहेको इनारमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार जेसीज महाधिवेशनबाट हराइ रहेका काभ्रेको बनेपा नगरपालिका–७ का २४ वर्षीय कृष्णकुमार मानन्धरको शव हुन सक्ने आशंका गरिएको छ । इनारमा भित्र शव रहेकाले मृतकको अनुहार देखिएको छैन । अहिले शव निकाल्ने प्रयास भइरहेको छ । यही पुस ११ गतेदेखि मानन्धर हराइ रहेका थिए ।

 
 
  
 

You may also like