स्कलर्सद्वारा वृद्धाश्रमलाई सहयोग

by समतल अनलाइन

बुटवल । स्कलर्स होम बोर्डिङ्ग स्कूूल बुटवलले विद्यालयको स्थापना दिवसको अवसरमा वृद्धाश्रममा १२ थान ब्लाङ्गकेट सहयोग गरेको छ । विद्यालयको २८औं स्थापना दिवसको अवसरमा शुक्रबार सिद्धबाबा भवानी शैंजुु वृद्धाश्रममा एक समारोहका बीच १२ थान ब्लाङ्गकेट सहयोग गरेको हो ।

विद्यालयले जाडोलाई मध्यनजर गर्दै आश्रमका लागि ब्लाङ्गकेट लगाएत सरसफाइका सामग्री प्रदान गरेको विद्यालयको प्राचार्य बञ्जाडेले जानकारी दिए । सहयोग सामग्री रोटरी क्लब बुटवल डाउनटाउनका पूर्व अध्यक्ष जीवनप्रसाद अधिकारी, विद्यालयका प्राचार्य बाबुराम बञ्जाडले आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई प्रदान गरेका थिए ।

कार्यक्रम इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होमका अध्यक्ष विकास रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like